
दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लमही तुलसीपुर फोरलेन सडक खण्ड अन्तरगत तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनीमा बाटो निर्माणको लागी खनेको खाडलमा परेर मंगलबार विहान एक जनाको मृत्यु भएको हो ।
तुलसीपुरबाट बिजौरी जाँदै गरेको रा ६ प ७२५ नम्बरको मोटरसाइकल दुर्घटना हुदा टरिगाउँ निवासी ३८ बर्षिय चूडामणि भण्डारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
‘विहान ५ बजे हामीलाई खबर आयो । घटनास्थल पुग्दा फोरलेन सडकको खाडलमा मोटरसाइकल दुर्घटना भएको पायौं’प्रहरी निरिक्षक झलक शर्माले भने–‘शवलाई राप्ती प्रादेशीक अस्पतालमा पु¥याएका छौं ।’ फोरलेन सडक समयमा नबन्दा दुर्घटनाको जोखिम बढेको हो ।