१६ असार २०८३, मंगलबार

प्रधानमन्त्री देउवाले बोलाएको बैठक निष्कर्षविहीन, मधेसी नेताले अडान छाडेनन्

कात्तिक २०, २०७४
प्रधानमन्त्री देउवाले बोलाएको बैठक निष्कर्षविहीन, मधेसी नेताले अडान छाडेनन्

काठमाडौं, २७ जेठ– संविधान संशोधन तथा दोस्रो चरणको निर्वाचनका विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठक विना निष्कर्ष सकिएको छ ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा बोलाइएको बैठकमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा मधेस केन्द्रित राष्ट्रिय जनता पार्टी (राजपा)का नेताहरु सहभागी थिए ।

प्रधानमन्त्री देउवाले दोस्रो चरणको स्थानीय तह निर्वाचनपछि संविधान संशोधन गराउने भन्दै राजपा नेतालाई चुनावमा आउन आग्रह गरेका थिए । चुनावपछि संविधान संशोधनमा विपक्षी एमालेले पनि सहयोग गर्ने भन्दै प्रधानमन्त्री देउवाले राजपाका नेताहरुलाई आश्वस्त पार्न खोजेका थिए ।

तर राजपा नेताहरुले भने संविधान संशोधन नभइ आफूहरु चुनावमा सहभागी नहुने बताएका छन् । राजपाका नेताहरुले आफ्नो अडान नछाडेपछि आजको बैठक विना निष्कर्ष टुंगिएको हो ।

प्रधानमन्त्री देउवाले बोलाएको बैठकमा माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलगायत नेताहरुको सहभागिता थियो ।

salt training

कमेन्ट गर्नुहोस्