२६ जेठ २०८३, मंगलबार

दोस्रो चरणको चुनाव सार्न राजपाको माग, कांग्रेस–माओवादीले मानेनन्

कात्तिक २०, २०७४
दोस्रो चरणको चुनाव सार्न राजपाको माग, कांग्रेस–माओवादीले मानेनन्
काठमाडौं, २७ जेठ– संविधान संशोधन र दोस्रो चरणको चुनावका विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठक विनानिष्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मधेस केन्द्रित राष्ट्रिय जनता पार्टी (राजपा)का नेताहरु सहभागी थिए । प्रधानमन्त्री देउवाले दोस्रो चरणको स्थानीय तह निर्वाचनपछि संविधान संशोधन गराउने भन्दै राजपा नेतालाई चुनावमा आउन आग्रह गरेका थिए ।

चुनावपछि संविधान संशोधनमा विपक्षी एमालेले पनि सहयोग गर्ने भन्दै प्रधानमन्त्री देउवाले राजपाका नेताहरुलाई आश्वस्त पार्न खोजेका थिए । तर, राजपान नेताहरुले संशोधन नभइ आफूहरु चुनाव सहभागी नहुने अडान लिए ।

राजपाका नेताहरुले आसार १४ का लागि तय भएको दोस्रो चरणको चुनाव सार्न माग गरेका थिए तर, सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रले उक्त प्रस्ताव अस्विकार गरेका छन् ।

उनीहरुले संशोधन नभई गरिने चुनावमा आफूहरु सहभागी नहुने भन्दै त्यस्तो चुनावको औचित्य नहुने बताउँदै चुनावको मिति सारेर भएपनि समस्या समाधान गर्न सत्तारुढ दलहरुलाई आग्रह गरेका थिए ।

बैठकपछि नेकपा माओवादी केन्द्रका नेता नायरणकाजी श्रेष्ठले केही समस्या भएको खण्डमा समाधान गर्न सकिने भन्दै चुनाव सार्न नसकिने बताए ।

राजपाका नेता शरतसिंह भण्डारीले भने संविधान संशोधन लगायतका राजपाका मागको सम्बोधन नभइ चुनाव हुन नसक्ने भन्दै त्यस्तो चुनावको औचित्य नभएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्