०५ साउन २०८३, मंगलबार

उद्योगमन्त्री कल्पना पाण्डे गम्भीर बिरामी, उपचार खर्च अभाव

उद्योगमन्त्री कल्पना पाण्डे गम्भीर बिरामी, उपचार खर्च अभाव

लुम्बिनी प्रदेशकी उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डे गम्भीर बिरामी भएकी छन् ।

उनका दुवै खुट्टा नचल्ने र शिथिल भएका छन् । शिथिल हुनेक्रम बढेर अहिले कम्मरसम्म पुगेको छ । 

उनी अहिले बोल्न सक्ने अवस्थामा छैनन् । उनी जनता समाजवादी पार्टी (जसपा) नेपाल महन्थ ठाकुर पक्षबाट गत वैशाख १९ गते मन्त्री नियुक्त भएका थिइन् । मन्त्री पाण्डे ३८ वर्षीया हुन् । 

आइतवारदेखि समस्या देखिएपछि मन्त्री पाण्डेलाई रुपन्देहीको भैरहवामा रहेको भीम अस्पतालबाट बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल हुँदै हाल नर्भिक अस्पताल काठमाडौं पुर्‍याइएको छ ।

उनलाई न्युरोसम्बन्धी रोग जीडीएस भएको चिकित्सकले बताएका छन् । उनलाई पंकज जलान र यादव भट्टको टीमले उपचार गरिरहेको छ ।

चिकित्सकका अनुसार कोभिडको सुइँपछि उनमा यस्तो लक्षण देखिएको हो । जसमा खुट्टाबाट शिथिल हुँदै घाँटीसम्म पुग्छ । घाँटीबाट खुट्टामा झरेर मात्र रोग निको हुन्छ । कसैकसैलाई पक्षघात पनि हुनसक्छ । उपचारमा कम्तीमा ६ महिनादेखि २ वर्षसम्म लाग्नेछ । 

जीडीएस रोगको उपचार पद्धति खर्चिलो छ । हाल दैनिक प्रति सुइँ १८ हजार खर्चेर दिनको ६ पटक सुइँ लगाइएको छ । 

औषधिसहित अस्पताल खर्च दैनिक १ लाख ५० हजार रुपैयाँ रहेको मन्त्री पाण्डेका पति एवं जसपा नेता नवराज लम्सालले बताए । मन्त्री बिरामी भए पनि हालसम्म प्रदेश सरकारले बिरामीको उपचारमा सहयोग नगरेको उनले बताए ।

‘स्वास्थ्य अवस्था गम्भीर छ । उपचार पद्धति महंगो छ । कसरी उपचार गर्ने ? हामी अन्योलमा छौं,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्