०६ साउन २०८३, बुधबार

कतारमा खाद्यान्य किन्नेको भीड, नेपाली कति प्रभावित ?

कात्तिक २०, २०७४
कतारमा खाद्यान्य किन्नेको भीड, नेपाली कति प्रभावित ?

काठमाडौं, २७ जेठ– छिमकीले राजनीतिक र कुटनिनिक सम्बन्ध तोडेसँगै कतार संकटमा परेको छ ।

कतारसँग साउदी अरबसहित ७ मुलुकले अप्रत्याशित रुपमा सम्बन्ध विच्छेद गरेसँगै त्यसले विश्वभरनै हंगामा मच्चाएको छ । त्यस्तै कतारसँग हवाई उडानसमेत यी देशहरुले रोकेसँगै यसको प्रत्यक्ष असर विश्वभर नै पर्ने जनाइएको छ ।

नेपालको सवैभन्दा ठूलो श्रम गन्तव्य समेत रहेको कतारमा छिमेकी देशले सम्बन्ध तोडेसँगै यसको दूरगामी असर रहेको विश्लेषण गरिएको छ । करिब ६ लाख नेपाली बैध र अवैध रुपमा कतारमा रहेको अनुमान गरिएको छ । कतारसँगैको सम्बन्ध छिमेकी देशरुहरुले तोडेसँगै कतार आर्थिक संकटमा पर्ने अनुमान गरिएको छ ।

त्यस्तै त्यहाँको श्रम बजारमा पर्ने नकारात्मक असरले नेपालीलाई समेत प्रत्यक्ष असर गर्ने छ । त्यस्तै बजारमा अत्यावश्यक सामाग्री किन्नेको समेत होड बढेका कारण कतारमा रहेका नेपालीसमेत प्रभावित बन्ने छन् ।

खाद्यान्नका लागि अन्य मुलुकसँग निर्भर कतारमा ४० प्रतिशत खाद्यान्न साउदी अरबमार्फत ल्याउने गरिएको थियो । साउदीले कतारसँगको आफ्नो सीमा बन्द गरेपछि खाद्य संकट बढ्ने आशंकाले कतारीहरु र त्यहाँ बसोबास गरिरहेका हरुको बाक्लो उपस्थिति बजारमा देखियो ।

उनीहरु बजारमा गएर आवश्यक सामाग्रीको जोहोमा जुटेका हुन् । कयौं ठूला सपिङ सेन्टरहरुमा खाद्य सामाग्रीहरु सकिइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अब कतारमा उपलव्ध हुने सामानको मूल्य समेत आकाशिने अनुमानहरु गरिएको छ जसको प्रत्यक्ष असर त्यहाँ रहेका नेपालीलाई समेत पर्ने छ ।

कमेन्ट गर्नुहोस्