२२ असार २०८३, सोमबार

राष्ट्रपतिद्वारा दुई नयाँ प्रदेश प्रमुख नियुक्त (विज्ञप्तिसहित)

राष्ट्रपतिद्वारा दुई नयाँ प्रदेश प्रमुख नियुक्त (विज्ञप्तिसहित)

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा दुई नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छिन् । केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका दुई प्रदेश प्रमुखलाई पदमुक्त गर्दै राष्ट्रपतिले गण्डकी प्रदेशमा चितवनका पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेशमा चितवनकै अमिक शेरचनलाई नियुक्त गरेकी हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १६३ को उपधारा (२) बमोजिम उनले प्रदेश प्रमुखहरुको नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि गण्डकी प्रदेशमा सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशमा धर्मनाथ यादव प्रदेश प्रमुख रहेकामा उनीहरु पदमुक्त भएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्