२३ जेठ २०८३, शनिबार

एक हप्तामा एक हजार ५०० तालिवान विद्रोही मारिए

साउन १२, २०७८
एक हप्तामा एक हजार ५०० तालिवान विद्रोही मारिए

अफगानिस्तानमा गत एक हप्तामा देशभर चलाइएको सैन्य अभियानमा एक हजार ५०० भन्दा बढी तालिवान विद्रोही मारिएको र ८०० भन्दा बढी घाइते भएको अफगानिस्तानको राष्ट्रिय प्रतिरक्षा तथा सुरक्षा बल (एएनएसएफ) ले मङ्गलबार जानकारी गराएको छ ।

एएनडीएसअफका प्रवक्ता सैनिक जनरल अजमल ओमार शिन्वाराईले अफगानिस्तानको २० प्रान्तमा सञ्चालन गरिएको सैनिक अभियानका क्रममा एक हजार ५२८ ‘विद्रोही’ लडाकू मारिएका छन् ।

त्यस्तै ८०० भन्दा बढी घाइते भएका छन् । यस क्रममा १६ लडाकूलाई नियन्त्रणमा लिइएको प्रवक्ता शिन्वाराईलाई उद्धृत गरी खामा प्रेसले जानकारी गराएको छ ।

सेनाले गतहप्ताभरी स्थल, हवाई र तोपको सहयोगमा सैनिक कारबाही चलाएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्