१२ असार २०८३, शुक्रबार

भूकम्प प्रभावित जिल्लाका स्वास्थ्य सेवा सुधार हुँदै

कात्तिक २०, २०७४
भूकम्प प्रभावित जिल्लाका स्वास्थ्य सेवा सुधार हुँदै
काठमाडौँ, २८ जेठ- हेल्थपोस्ट भवन र यसलाई सञ्चालन गर्न चाहिने उपकरण एवं औजार र स्वास्थ्यकर्मीको उच्च सेवाभाव भएमा ग्रामीण क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गर्न सकिँदो रहेछ भन्ने उदाहरण सिन्धुपाल्चोकको लागर्चे हेल्थपोस्टले दिएको छ, आजको गोरखापत्रमा खबर छ ।
हेल्थपोस्टको नयाँ प्री फ्याब भवन, आवश्यक सामग्री एवं उपकरण र कार्यरत स्वास्थ्यकर्मीको आफ्नो कामप्रतिको तत्परताले गर्दा लागर्चेका बासिन्दाले आआफ्नो घरआँगनमै अहिले आधारभूत गुणस्तरीय स्वास्थ्य सेवा पाइरहेका छन् ।
“स्वास्थ्य सेवामा अठार महिनाअधि पहिलो नियुक्ति लिएर यहाँ आउँदा टहराबाट हेल्थपोस्टको सेवा सञ्चालन भइराखेको रहेछ, मन साह्रै कुँडियो, टहरामै बसेर बिरामीका सेवामा तल्लीन भएँ, चाहिएको आवश्यक उपकरण र सामग्री थिएनन्, औषधि पनि कमै थिए, काम चलाउँदै गएँ”, लागर्चे हेल्थपोस्टका प्रमुख रूपा केसीले भन्नुभयो ।
नेपाल रेडक्रस सोसाइटीको आर्थिक एवं प्राविधिक सहयोगमा हेल्थपोस्टको नयाँ प्री फ्याब भवन, आवश्यक सामग्री एवं उपकरण पाएपछि स्वास्थ्य सेवाले कोल्टे फेरेको हो । बर्थिङ सेन्टरसमेत रहेको सो हेल्थपोस्टमा सातजना कार्यरत छन् । हेल्थपोस्ट र बर्थिङ सेन्टरलाई चाहिने उपकरणको अभाव रहेको छैन । उनी भन्छिन्, “दैनिक १८ देखि ४० जनासम्म सेवाग्राही आउँछन् । करिब एक वर्षको बीचमा १७ गर्भवती महिलाले यहाँबाट सेवा लिए । तीमध्ये अधिकांश यही सुत्केरी भए । रेफर न्युन मात्रमा गरेँ । आवश्यक औषधि अभाव हुन दिएको छैन । ”
स्वास्थ्य मन्त्रालयले सोसाइटीलाई भूकम्पले क्षति पु¥याएका सिन्धुपाल्चोक जिल्लाका लागर्चे, भोटेनाम्लाङ, बासखर्क, इचोक, किउल, महाकाल, थाङपालधाप, भोताङ, पाल्चोक, थकनी, थाङपालकोट, बाँडेगाउँ, शिखरपुर र ज्यामिरे गरी १४ हेल्थपोस्ट पुनःनिर्माण गर्न जिम्मा दिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्