०४ असार २०८३, बिहीबार

सरकारमा सहभागिताबारे २२ सांसदसँग छलफलमा माधव नेपाल

सरकारमा सहभागिताबारे २२ सांसदसँग छलफलमा माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले आफ्ना पक्षका २२ जना सांसदसँग छलफल गरिरहेका छन् । 

शंखमूलस्थित सहाना प्रधान स्मृति प्रतिष्ठानमा सांसदहरूसँग  नेपालले सरकारमा सहभागिताबारे छलफल गरिरहेका हुन् । 

माधव नेपाल समूह पनि गठबन्धन सरकारमा सहभागी हुने चर्चा छ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको बैठकमा माधव नेपालले सरकारमा सहभागी हुने बताएको जानकारी गराइसकेका छन् । 

गठबन्धनको आजको बैठकले दुई दिन भित्रमा मन्त्रिपरिषद् विस्तार गरिसक्ने निर्णय गरेको छ । गठबन्धनको बैठकमा नेपाल आफू उपस्थित नभए पनि डा. विजय पौडेललाई आफ्नो प्रतिनिधिको रूपमा पठाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्