०९ असार २०८३, मंगलबार

थाइल्यान्डको सडकमा बाँदरहरूले झगडा गरेपछि तर्सिए कारचालकहरू (भिडियो)

साउन १३, २०७८
थाइल्यान्डको सडकमा बाँदरहरूले झगडा गरेपछि तर्सिए कारचालकहरू (भिडियो)

थाइल्यान्डको लोपबुरी शहरमा जंगली बाँदरहरूको प्रतिस्पर्धी समूहले सडकमा बेस्सरी झगडा गरेपछि कारचालकहरू तर्सिएका छन् । 

कोभिडको तेस्रो लहरका कारण लगाइएको लकडाउनका कारण पर्यटक नआएर खाना अभाव भएपछि बाँदरहरूले झगडा गरेका थिए । 

उनीहरू प्राचीन बौद्ध मन्दिरको भग्नावशेषका अगाडि झगडा गरिरहँदा एउटा समूहले अर्को समूहलाई सडकतर्फ लखेटेको थियो । 

त्यसपछि उनीहरूले व्यस्त सडकमा झगडा गरेका थिए । त्यो दृश्य देखेर तर्सिएका कारचालकहरू चार मिनेटसम्म कारभित्रै बसेका थिए । 

पोहोर साल पनि मार्च महिनामा खानेकुराका लागि बाँदरहरूका दुई समूहबीच बेस्सरी झगडा भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्