०१ असार २०८३, सोमबार

छाता ओढे पनि मज्जैले भिजे बोरिस जोनसन (भिडियो)

साउन १३, २०७८
छाता ओढे पनि मज्जैले भिजे बोरिस जोनसन (भिडियो)

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पानी परिरहेको बेलामा अन्तर्वार्ता दिँदा छाता बोेकेको भए पनि भिजेपछि टीभी हेर्ने दर्शकहरू निराश भएका छन् । 

जोनसन मंगलवार गिल्डफोर्डस्थित सरे प्रहरी प्रधान कार्यालयको भ्रमणमा जाँदा पानी परेको थियो । 

अपराधसम्बन्धी विधेयकका बारेमा चर्चा गर्न त्यहाँ पुगेका उनले सञ्चारकर्मीसँग कुरा गर्दा पानीमा भिजेका हुन् । 

उनले टाउकोमाथि छाता राखेका थिए तर छाताले पानी छेकेको देखिएन किनकि उनको सुट भिजेको थियो । 

अनि पानी परेर उनको कपाल पनि छितरिएको थियो । 

पानी परेको बेलामा छाता ओढे पनि बेस्सरी भिज्ने व्यक्ति जोनसन नै होलान् भनी सामाजिक सञ्जालमा टिप्पणी आएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्