०५ असार २०८३, शुक्रबार

राज्यमन्त्री श्रेष्ठ र नाडा प्रतिनिधिबीच भेटवार्ता, व्यवसायीलाई कोरोनाविरुद्धको खोप यथाशीघ्र उपलब्ध गराउन आग्रह

राज्यमन्त्री श्रेष्ठ र नाडा प्रतिनिधिबीच भेटवार्ता, व्यवसायीलाई कोरोनाविरुद्धको खोप यथाशीघ्र उपलब्ध गराउन आग्रह

स्थास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ र नाडा प्रतिनिधिबीच भेटवार्ता भएको । 

नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको गएको ७ सदस्यीय नाडा प्रतिनिधि मण्डलले बुधवार राज्यमन्त्री श्रेष्ठलाई भेटेका हुन् । 

भेटवार्तामा सरकारकातर्फबाट नेपालको अटोमोवाइल क्षेत्रमा संलग्न व्यवसायीहरु, कर्मचारीहरु, टेक्नीसीयनहरु र देशैभर छरिएर रहेका श्रमिकहरुको लागि खोप उपलब्ध गराउने विषयमा गहन छलफल गरेकोे नाडाले जनाएको छ ।
उक्त भेटघाटमा नाडाका उपाध्यक्ष चौधरीले कोभिड १९ को कारण नेपालको समग्र अटोमोवाइल व्यवसाय नै समस्या परेको र यसको प्रत्यक्ष प्रभाव सरकारले अटोमोवाइलक्षेत्रबाट प्राप्त गर्ने राजश्वमा समेत परेको छ भन्नु हुदै  सरकारले लगाएको लकडाउन हाल केही खुकुलो भए पनि नेपालको अटोमोवाइलक्षेत्रका व्यवसायीहरु, कर्मचारीहरु, टेक्नीसीयनहरु र देशैभर छरिएर रहेका श्रमिकहरु खोपको अभावमा आफनो कार्यक्षेत्रमा जान सकिरहेका छैनन् । खाशगरी व्यवसायको फ्रण्टलाईनमा बस्ने कर्मचारी र श्रमिकहरुलाई धेरै समस्या भएको बताए ।

छलफलमा चोधरीले कोभिड १९ का कारण अटोमोवाइल व्यवसायले अझै गति लिन सकेको छैन भन्दै अटोमोवाइल व्यवसायलाई थप गतिशिल बनाउन खोपको टड्कारो आवश्यकता भएकोले तत्काल खोप उपलब्ध गराई दिने व्यवस्थाका लागि आग्रह समेत गरे । 

उक्त भेटघाट तथा छलफलको क्रममा राज्य मन्त्री श्रेष्ठले खोप उपलब्ध गराउन सक्दो प्रयास गर्ने आश्वासन दिए । 

सो प्रतिनिधि मण्डलले स्वास्थ तथा जनसंख्या सचिव लक्ष्मण अर्यालसँग पनि भेटी आवश्यक खोप उपलब्ध गराई दिन अनुरोध गरेको थियो । 

सो भेटघाट तथा छलफलमा सचिव अर्यालले नीजि क्षेत्रले समेत खोप आयात गरी वितरण गर्न सकिने व्यवस्था भएकोले त्यसका लागि प्रयास गर्न आग्रह गरे । 

साथै अनलाइनबाट खोपको फारम भरेर पठाउन सकिने व्यवस्था भएको सो भर्न समेत जानकारी दिनु भयो । सोे निजी क्षेत्रबाट खोप आयत गर्दा बढी सरकारी कार्यलयबाट बढी समस्या हुने होकी भन्ने जिज्ञासामा सचिबले सहज गरीदिने बताए ।

सो छलफलमा नाडाका उपाध्यक्ष चौधरी, कोषाध्यक्ष सुरेन्द्र कुमार उप्रेती, सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रिय कार्य समिति सदस्यद्धय निलमणी पाठक, मिलनबाबु मल्ल, दिपक अग्रवाल र पंकज अग्रवाल समेतको उपस्थिति रहेको थियो ।

                     
 

salt training

कमेन्ट गर्नुहोस्