
चिनियाँ प्रधानमन्त्री लि खछ्याङले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई एक बधाई सन्देश पठाउँदै आगामी दिनमा दुई देश बीचको रणनीतिक सम्बन्ध थप उचाइमा पुग्ने बताएका छन् ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चिनियाँ प्रधानमन्त्री लि खछ्याङले नेपाली समकक्षी देउवालाई बधाई सन्देश पठाएको बताइएकी छन् ।
माक्रोब्लगिङ साइट ट्वीटरमा यान्छीले लेखेकी छन्, ‘चिनियाँ प्रधानमन्त्री लि खछ्याङ नेपाली समकक्षीसँग सहकार्य गरी दुई देशबीचको रणनीतिक साझेदारी नयाँ उचाइमा पु¥याउन चाहन्छन् ।’
असार २९ गते देउवा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनलाई चीनका प्रधानमन्त्रीले नियुक्तिको १५ दिनपछि मात्रै बधाई दिएका हुन् ।