१७ असार २०८३, बुधबार

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पौडेलले लिए शपथ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पौडेलले लिए शपथ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले प्रधानमन्त्रीसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेललाई शपथ गराएका हुन् । 

प्रधानमन्त्रीको उपस्थितिमा आयोगका उपाध्यक्ष पौडेलले सदस्यहरू रामकुमार फुँयाल र दिलबहादुर गुरूङलाई शपथ गराएका छन् ।

समारोहमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरलगायत मन्त्रीहरू सहभागी थिए । 

सरकारले मंगलवार पौडेललाई योजना आयोगको उपाध्यक्ष नियुक्त गरेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्