
मन्त्रिपरिषद् विस्तारको गृहकार्य चलिरहेको समयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भेटवार्ता तीब्र बनाएका छन् ।
बुधवार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका प्रचण्डले त्यसलगत्तै माधवकुमार नेपालसँग छलफल गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको थियो ।
प्रधानमन्त्री देउवाले आजभोलि मै मन्त्रिपरिषद् विस्तारको गृहकार्य गरिरहेको कांग्रेस स्रोतले बतायो ।
देउवालाई भेटे लगत्तै प्रचण्डले एमाले बरिष्ठ नेता माधव नेपालसँग परामर्श गरेका छन् ।
नेता नेपाललाई भेट्न प्रचण्ड कोटेश्वर स्थित नेता नेपालको निवास पुगेका थिए ।
मंगलवार माओवादी स्थायी कमिटी बैठकमा प्रचण्डले माधव नेपाल समूहपनि सरकारमा सहभागी हुने ब्रिफिङ गरेका थिए ।
बुधवार बालुवाटारमा भएको सर्वदलीय बैठकमा माधव नेपाल पक्षका नेता डा.विजय पौडेलले सरकारमा सहभागी नहुने बताएका थिए ।