०५ असार २०८३, शुक्रबार

बैतडीका ४ पालिकाले तयार पारे स्थानीय पाठ्यक्रम

साउन १४, २०७८
बैतडीका ४ पालिकाले तयार पारे स्थानीय पाठ्यक्रम
प्रतिकात्मक तस्वीर

स्थानीय भाषा, कला, संस्कृति, भेषभूषा र स्थानीय परिवेश समेटेर बैतडीका २ नगरपालिका र २ गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेका छन् । 

पाटन, मेलौली नगरपालिका, शिवनाथ र डिलाशैनी गाउँपालिकाले पाठ्यक्रम तयार गरेका हुन् ।

१ देखि ३ कक्षासम्मको आधारभूत तहका लागि पाठ्यक्रम निर्माण गरिएको हो । ती पालिकाले चालू शैक्षिक सत्रबाटै पाठ्यक्रम लागू गर्ने डिलाशैनीका शिक्षा शाखा प्रमुख महादेव भट्टले बताए ।

विद्यार्थीलाई स्थानीय परिवेशका विषयमा जानकारी दिने उद्देश्यसहित ‘हाम्रो डिलाशैनी’ र ‘पाटन परिचय’ पाठ्यक्रम निर्माण गरिएको हो । पाटनका शिक्षा शाखा प्रमुख बिर्खराज भट्टका अनुसार पाठ्यक्रममा स्थानीय भाषा, संस्कृति, धार्मिक सम्पदा लगायतका कुरा समेटिएका छन् । 

मेलौलीले पनि ‘हाम्रो मेलौली’ नाम दिएर १ देखि ३ कक्षासम्मको स्थानीय पाठ्यक्रम तयार पारेको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिशप्रकाश भट्टका अनुसार विद्यार्थीमा स्थानीय परिवेशको सिकाइ उपलब्धि हासिल गर्नका लागि स्थानीय पाठ्यक्रम निर्माण गरिएको हो । जिल्लाको शिवनाथले पनि आफ्नै पाठ्यक्रम निर्माण गरेको छ । 

स्थानीय पाठ्यक्रम निर्माण गर्ने शिवनाथ जिल्लामै पहिलो स्थानीय तह समेत हो । स्थानीय परिवेशबारे जानकारी दिनका लागि पाठ्यक्रम निर्माण गर्नु राम्रो कार्य भएको अभिभावकको भनाइ छ । १० स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले पनि पाठ्यक्रम निर्माण जारी रहेको जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्