
हुम्ला जिल्लामा कोभिड–१९ संक्रमण तीव्ररूपमा बढ्दै गएको छ ।
जिल्ला अस्पतालमा उपचार गराइरहेका र गाउँपालिकामा क्वारेन्टीनमा बसेका गरी ३६२ संक्रमित पुगेका छन् ।
जिल्ला अस्पतालमा गत मंगलवार मात्र २, खार्पुनाथ गाउँपालिकामा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए ।
हालसम्म जिल्ला अस्पतालमा ९५, सर्केगाडमा ६३, सिमीकोटमा ९, ताजाकोटमा ३६, अदानचुलीमा ३७, खार्पुनाथमा ३६, चखेलीमा ५२ र नाम्खा गाउँपालिका १४ गरी कूल संक्रमित ३६२ पुगेको हो । संक्रमितमध्ये हालसम्म ३०४ जना निको भएर घर फिर्ता भइसकेका छन् ।