१६ असार २०८३, मंगलबार

माओवादीका ५ पूर्व सांसदको रिट सर्वाेच्चमा आज ‘हेर्न नभ्याइने’

माओवादीका ५ पूर्व सांसदको रिट सर्वाेच्चमा आज ‘हेर्न नभ्याइने’

नेकपा माओवादी केन्द्रबाट पदमुक्त ४ जना प्रतिनिधिसभा र १ जना प्रदेशसभा सदस्यले पुनर्बहालीको माग गर्दै सर्वाेच्च अदालतमा दिएको रिट आज बिहीवार ‘हेर्न नभ्याइने’ भएको छ ।

न्यायाधीश दिपककुमार कार्कीको इजलाशमा परेको रिट हेर्न नभ्याइने सूचना सर्वाेच्चले दिएको छ ।

आफूहरूले नेकपा माओवादी केन्द्र परित्याग नगरेकाले सांसद पद पुनर्बहालीको माग गर्दै पाँचै जनाले सर्वाेच्चमा छुट्टाछुट्टै रिट दायर गरेका छन् ।

पदमुक्त प्रतिनिधिसभा सदस्य लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह, गौरीशंकर चौधरी र पदमुक्त प्रदेशसभा सदस्य दधिराम न्यौपानेले सर्वाेच्चमा रिट दायर गरेका थिए ।

यसअघि नेकपा एमालेतिर लागेको भन्दै माओवादी केन्द्रको सिफारिसमा संसद सचिवालयले सांसदहरूलाई पदमुक्त गरेको थियो । पूर्व सांसदहरूले निर्वाचन आयोग, संसद सचिवालय र माओवादी केन्द्र पार्टीलाई विपक्षी बनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्