बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बुधवार छाता सम्हाल्न नजानेर जगहसाइँ गरेका छन् ।
त्यसको २४ घन्टाअघि पनि उनले छाता ओढे पनि सबै लुगा भिजाएर विचित्र लीला देखाएका थिए ।
जोनसनले छाता सम्हाल्न नसकेपछि सँगै बसेका राजकुमार चार्ल्स मुस्काए ।
हावा चलेकाले जोनसनलाई छाता सम्हाल्न धौधौ परेको थियो ।
छाता उल्टो परेर जोनसनको टाउकोमाथि फर्किएको थियो ।
केही नलागेपछि उनले छाता तलतिर राखे । आफ्नै छाता बोकिरहेका चार्ल्स यो देखेर मुस्काए ।
जोनसन राजकुमार चार्ल्ससँगै बेलायती प्रहरीको स्मारिकाको डेडिकेसन समारोहमा पुगेको बेलामा घटना भएको थियो ।