लुम्बिनीका ३ सांसदलाई पार्टीबाट निष्कासन गरेको पत्र प्रदेशसभा सचिवालयमा दर्ता

फाइल फोटो

जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशमा रहेका आफ्ना ३ जना सांसदलाई पार्टीबाट निष्कासन गरेको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गरेको छ ।

जसपा कार्यकारिणी समितिको बैठकले पार्टीको अनुशासन उल्लंघन गरेको आरोपमा ३ जना प्रदेशसभा सदस्यलाई निष्कासन गरेको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गरेको हो ।


Advertisement

जसपा प्रदेशसभा संसदीय दलका नेता सहसराम यादवले हस्ताक्षर गरेको पत्रमा सांसदहरू सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई निष्कासन गरेको जानकारी गराइएको छ ।

जसपाले निष्कासन गरिएको पत्रसँगै गत असार ३ गतेको कार्यकारिणी समिति बैठकको निर्णय र प्रदेशसभा सदस्यहरूलाई सोधेको स्पष्टीकरण पत्रको प्रतिलिपि, साउन १२ गतेको कार्यकारिणी समिति बैठकको निर्णयको प्रतिलिपि र असार ५ गते पार्टीको आधिकारिक इमेल र ६ गते हुलाकबाट पठाइएको पत्रको प्रतिलिपि पनि प्रदेशसभा सचिवालयलाई उपलब्ध गराएको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्