२९ जेठ २०८३, शुक्रबार

बेलायतमा नयाँ सरकार निर्माणको रस्साकस्सी जारी, कन्जर्भेटिभ र डीयूपीबीच वार्ता

कात्तिक २०, २०७४
बेलायतमा नयाँ सरकार निर्माणको रस्साकस्सी जारी, कन्जर्भेटिभ र डीयूपीबीच वार्ता


काठमाडौं, २८ जेठ — बेलायतमा बिहीवार भएको आमनिर्वाचनमा कसैले पनि स्पष्ट बहुमत नल्याएपछि गठबन्धन सरकारको स्थिति बनेको छ । यसक्रममा डेमोक्रटिक युनियनिस्ट पार्टी (डीयूपी) ले सबभन्दा ठूलो दल कन्जर्भेटिभ पार्टीसँग मिलेर सरकार बनाउनका लागि सम्भावित डीलका लागि सकारात्मक वार्ता चलिरहेको बताएको छ ।
कन्जर्भेटिभ (टोरी) दलका प्रमुख सचेतक गेभिन विलियम्सनले शनिवार बेल्फास्टमा डीयूपीका प्रमुख नेताहरूसँग भेटघाट गरेका छन् ।

डीयूपीले सूक्ष्म विवरणमा काम चलिरहेको र सम्झौतामा पुग्नका लागि वार्ता भइरहेको बताएको छ । प्रधानमन्त्री कार्यालयले सिद्धान्ततः एउटा डीलमा सम्झौता भएको संकेत दिएको छ ।

उता विदेशमन्त्री बोरिस जोनसोनले टोरी दलको नेतृत्व लिन तयार रहेको समाचारलाई हावादारी घोषणा गरेका छन् ।
द मेल अन सन्डे पत्रिकाले जोनसोनका एक निकट साझेदारको भनाइ उद्धृत उनले गर्दै टेरिजा मेबाट नेतृत्व हत्याउन अनुमति पाएको भनी छापेको थियो ।

तर जोनसनले ट्वीट गरे : ‘मेल अन सन्डे हावा — म टेरिजा मेलाई समर्थन गर्छु । हामी काम अघि बढाऔं ।’
टोरीहरू बहुमतभन्दा आठ सीट पछि परेका छन् र डीयूपीले १० सीट जितेको छ । उनीहरूका बीच विश्वास र आपूर्तिको डील हुने बुझिन्छ ।

यो पूर्ण गठबन्धन नभई एक सम्झौता हुनेछ जसमा सानो दल डीयूपीले टोरीलाई बजेट लगायतका महत्त्वपूर्ण विषयमा समर्थन गर्नेछ ।

बीबीसीबाट


salt training

कमेन्ट गर्नुहोस्