कात्तिक १७, २०८०
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
साउन १४, २०७८
अमेरिकी प्रसिद्ध मोडल कप्रिस बोरेटले पतिसँगको शारीरिक सम्पर्कबारे दिएको बयानको चर्काे आलोचना भइरहेको छ ।
म्यागेजिनलाई दिएको अन्तर्वार्तामा कप्रिसले शारीरिक सम्पर्कबारे आफ्नो राय दिएकी छन् । उनले पतिसँगको शारीरिक सम्पर्कका लागि महिलाहरूले कहिल्यै पनि अस्वीकार गर्न नहुने बताएकी छन् ।
अन्तर्वार्तामा ४९ वर्षीया कप्रिसले भनेकी छन्, ‘महिलाले पतिसँग शारीरिक सम्पर्कका लागि हरेक दिन राजी हुनुपर्छ । ५–१० मिनेट सम्पर्कबाट जीवन राम्रो बन्न सक्छ । बेडरूमसँग जोडिएको कुनै पनि सिकायत महिलाले गर्नु हुँदैन । तपाईंले आज म थाकेकी छु, टाउको दुखेको छ भन्नु हुँदैन ।’
उनले भनिन्, ‘शारीरिक सम्पर्कले जिन्दगीका ५–१० मिनेट लिन्छ, म र मेरा पनि हरेक दिन शारीरिक सम्पर्क गर्छाैं । पुरुष धेरै सोझा हुन्छन् । उनलाई खुसी गर्नु धेरै सजिलो छ । खाना खुवाउने, प्रशंसा गर्ने र शारीरिक सम्पर्क गरेर सजिलै मन जित्न सकिन्छ ।’
चर्चित मोडल कप्रिसको धारणाको आलोचना गर्दै बेलायतकी पत्रकार बेल मुनीले बकवास भएको बताएकी छन् । उनले भनिन्, ‘यो महिलालाई दिइएको हालसम्मकै खराब सुझाव हो । विभिन्न समस्या भोगिरहेकी महिलासँग यो अपेक्षा राख्न सकिँदैन । कुनै पनि सम्बन्धलाई कायम राख्न शारीरिक सम्पर्क होइन, मायाप्रेम काम आउँछ, जो जिन्दगीभर साथ रहन्छ ।’
लेखिका केट स्पाइसरले भनेकी छन्, ‘शारीरिक सम्पर्कबारे कुनै पनि महिलालाई कुनै पनि किसिमको आदेश दिनु सरासर गलत हो । कसैको जीवनमा शारीरिक सम्पर्कले खुशी ल्याउँछ भने कसैका लागि खराब अनुभूति बन्छ ।’ – अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...