१० असार २०८३, बुधबार

अमेरिकी मोडलले ‘पतिसँगको शारीरिक सम्पर्क कहिल्यै अस्वीकार गर्नुहुन्न’ भनेपछि चर्काे आलोचना

साउन १४, २०७८
अमेरिकी मोडलले ‘पतिसँगको शारीरिक सम्पर्क कहिल्यै अस्वीकार गर्नुहुन्न’ भनेपछि चर्काे आलोचना

अमेरिकी प्रसिद्ध मोडल कप्रिस बोरेटले पतिसँगको शारीरिक सम्पर्कबारे दिएको बयानको चर्काे आलोचना भइरहेको छ ।

म्यागेजिनलाई दिएको अन्तर्वार्तामा कप्रिसले शारीरिक सम्पर्कबारे आफ्नो राय दिएकी छन् । उनले पतिसँगको शारीरिक सम्पर्कका लागि महिलाहरूले कहिल्यै पनि अस्वीकार गर्न नहुने बताएकी छन् ।

अन्तर्वार्तामा ४९ वर्षीया कप्रिसले भनेकी छन्, ‘महिलाले पतिसँग शारीरिक सम्पर्कका लागि हरेक दिन राजी हुनुपर्छ । ५–१० मिनेट सम्पर्कबाट जीवन राम्रो बन्न सक्छ । बेडरूमसँग जोडिएको कुनै पनि सिकायत महिलाले गर्नु हुँदैन । तपाईंले आज म थाकेकी छु, टाउको दुखेको छ भन्नु हुँदैन ।’

उनले भनिन्, ‘शारीरिक सम्पर्कले जिन्दगीका ५–१० मिनेट लिन्छ, म र मेरा पनि हरेक दिन शारीरिक सम्पर्क गर्छाैं । पुरुष धेरै सोझा हुन्छन् । उनलाई खुसी गर्नु धेरै सजिलो छ । खाना खुवाउने, प्रशंसा गर्ने र शारीरिक सम्पर्क गरेर सजिलै मन जित्न सकिन्छ ।’

चर्चित मोडल कप्रिसको धारणाको आलोचना गर्दै बेलायतकी पत्रकार बेल मुनीले बकवास भएको बताएकी छन् । उनले भनिन्, ‘यो महिलालाई दिइएको हालसम्मकै खराब सुझाव हो । विभिन्न समस्या भोगिरहेकी महिलासँग यो अपेक्षा राख्न सकिँदैन । कुनै पनि सम्बन्धलाई कायम राख्न शारीरिक सम्पर्क होइन, मायाप्रेम काम आउँछ, जो जिन्दगीभर साथ रहन्छ ।’

लेखिका केट स्पाइसरले भनेकी छन्, ‘शारीरिक सम्पर्कबारे कुनै पनि महिलालाई कुनै पनि किसिमको आदेश दिनु सरासर गलत हो । कसैको जीवनमा शारीरिक सम्पर्कले खुशी ल्याउँछ भने कसैका लागि खराब अनुभूति बन्छ ।’ – अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्