×

NMB BANK
NIC ASIA

एमालेले खुवायो खीर, नेपाल पक्ष भएन सहभागी [तस्वीरहरू]

साउन १५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालयमा खीर खाने कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा एमालेका नेता, कार्यकर्ता र सांसदहरू सहभागी भएका छन् । थापाथलीस्थित एमालेको मुख्यालय परिसरमा खीर खाने कार्यक्रम आयोजना गरिएको थियो । 

Muktinath Bank

आज साउन १५ नेपाली किसानहरूले खीर खाने दिन भएकाले त्यसैको निरन्तरताका लागि पार्टी कार्यालयमा खीर खुवाउने कार्यक्रम आयोजना गरिएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दिउँसो २ बजेदेखि ३ बजेसम्म खीर खुवाउने भनेर नेता कार्यकर्तालाई बोलाइएको भए पनि ३ बजेपछि मात्रै खीर खाने कार्यक्रम शुरू भएको थियो । 


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

कार्यक्रममा पार्टी महासचिव ईश्वर पोखरेल, प्रवक्ता प्रदीप ज्ञवाली, नेताहरू आनन्द पोखरेल, कर्णबहादुर थापा, लालबाबु पण्डितलगायत सांसदहरूको समेत सहभागिता थियो । 

कार्यक्रममा सहभागिताका लागि पार्टीको स्थायी समिति, केही नेताहरू र सांसदलाई मात्रै आमन्त्रण गरिएको सचिव तामाङले जानकारी दिए । करीब ७०–७५ जना सहभागी हुने अनुमान गरिएको भए पनि करीब २०० जना कार्यक्रममा सहभागी भएको उनले बताए । 

खीर खुवाउने कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली भने सहभागी भएनन् । ‘भीडभाडयुक्त कार्यक्रम भएकाले अध्यक्ष सहभागी नहुनु भएको हो, ’ तामाङले भने । 

त्यसैगरी, एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका नेता तथा सांसद पनि खीर खाने कार्यक्रममा सहभागी भएनन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x