१५ असार २०८३, सोमबार

एमालेले खुवायो खीर, नेपाल पक्ष भएन सहभागी [तस्वीरहरू]

एमालेले खुवायो खीर, नेपाल पक्ष भएन सहभागी [तस्वीरहरू]

नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालयमा खीर खाने कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा एमालेका नेता, कार्यकर्ता र सांसदहरू सहभागी भएका छन् । थापाथलीस्थित एमालेको मुख्यालय परिसरमा खीर खाने कार्यक्रम आयोजना गरिएको थियो । 

आज साउन १५ नेपाली किसानहरूले खीर खाने दिन भएकाले त्यसैको निरन्तरताका लागि पार्टी कार्यालयमा खीर खुवाउने कार्यक्रम आयोजना गरिएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

दिउँसो २ बजेदेखि ३ बजेसम्म खीर खुवाउने भनेर नेता कार्यकर्तालाई बोलाइएको भए पनि ३ बजेपछि मात्रै खीर खाने कार्यक्रम शुरू भएको थियो । 

कार्यक्रममा पार्टी महासचिव ईश्वर पोखरेल, प्रवक्ता प्रदीप ज्ञवाली, नेताहरू आनन्द पोखरेल, कर्णबहादुर थापा, लालबाबु पण्डितलगायत सांसदहरूको समेत सहभागिता थियो । 

कार्यक्रममा सहभागिताका लागि पार्टीको स्थायी समिति, केही नेताहरू र सांसदलाई मात्रै आमन्त्रण गरिएको सचिव तामाङले जानकारी दिए । करीब ७०–७५ जना सहभागी हुने अनुमान गरिएको भए पनि करीब २०० जना कार्यक्रममा सहभागी भएको उनले बताए । 

खीर खुवाउने कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली भने सहभागी भएनन् । ‘भीडभाडयुक्त कार्यक्रम भएकाले अध्यक्ष सहभागी नहुनु भएको हो, ’ तामाङले भने । 

त्यसैगरी, एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका नेता तथा सांसद पनि खीर खाने कार्यक्रममा सहभागी भएनन् । 

salt training

कमेन्ट गर्नुहोस्