
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शनिवार बिहान प्रदेश प्रमुख अमिक शेरचनसँग स्वागत भेट गरेका छन् ।
प्रदेश प्रमुख शेरचन हालै नियुक्त भएर लुम्बिनीमा कार्यभार सम्हालिसकेका छन् ।
भेटमा मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रदेश सरकारले गरेका काम र प्रगतिबारे प्रमुख शेरचनलाई जानकारी गराएका जनाइएको छ ।