
बलिउड चलचित्र अक्षय कुमारले ‘बेलबटम’को रिलिज मिति घोषणा गरेका छन् । यो चलचित्र अब १९ अगस्टमा प्रदर्शनमा आउने छ ।
पहिले २७ जुलाईमा रिलिज हुने भनिएको थियो । तर, कोरोना भाइरस महामारीका कारण चलचित्रको प्रदर्शन रोकिएको थियो ।
बेलबटममा अक्षय, वाणी कपूर, लारा दत्ता, हुमा कुरेसी मुख्य भूमिकामा छन् । यो चलचित्र वास्तविक घटनामा आधारित छ ।
रञ्जीत एम तिवारीको निर्देशनमा बनेको यो चलचित्र जासुसी थ्रिलर हो ।