१० असार २०८३, बुधबार

एनसेलका दुई परियोजना जिएसएमए एसिया मोबाइल अवार्डस्का अन्तिम सूचीमा

कात्तिक २०, २०७४
एनसेलका दुई परियोजना जिएसएमए एसिया मोबाइल अवार्डस्का अन्तिम सूचीमा

काठमाडौं, जेठ २८ –एनसेलले ग्रामिण क्षेत्रमा विद्युत, दूरसञ्चार र पानीको उपलब्धता सुनिश्चित गर्दै समुदायमा नयाँ अवसरहरु सृजना गर्ने उद्देश्यका साथ संचालन गरेका दुई परियोजना जिएसएम एसोशियसन (जिएसएमए) को प्रतिष्ठित एसिया मोबाइल अवार्डस् २०१७ को अन्तिम सूचीमा छनोट भएका छन् ।

जिएसएमए विश्वभरका जिएसएम मोवाइल सेवा प्रदायक कम्पनीहरूको छाता संगठन हो । उक्त संस्थाले एसिया मोबाइल अवार्डस्मा एशियाली महादेशका सेवा प्रदायकले संचालन गरेका नवीन प्रविधि तथा उदाहरणीय सामाजिक परियोजनाहरु मध्येबाट उत्कृष्ट ठहर भएका प्रयासहरूलाई सम्मान गर्छ ।

हालै मात्र जिएसएमएले एसिया मोबाइल अवार्डस् २०१७ को अन्तिम सूचीमा छनोट भएका प्रयास तथा तीनका संचालक कम्पनीको नाम सार्वजनिक गरेको छ । जसमा एनसेलका २ वटा आयोजनाहरू ‘सामाजिक तथा आर्थिक विकास’ विधा अन्र्तगतका दुई फरक अवार्डका लागि अन्तिम सूचीमा परेका छन् ।

यहि असार १४ गते चीनको संघाईमा हुन गईरहेको एसियन मोबाइल अवार्डस् २०१७ को विशेष कार्यक्रममा विजेता घोषणा गरी अवार्ड प्रदान गरिने जिएसएमएले जनाएको छ ।

राष्ट्रिय विद्युत प्रशारण लाइन नपुगेका खोटाङ्ग र उदयपुर जिल्लाका ग्रामिण समुदायहरूमा सौर्य लघुग्रिडलाई प्रबद्र्धन गर्दै स्थानियवासीलाई उर्जा र मोवाइल सेवा सुनिश्चित गर्न एनसेलले घामपावर नेपाल प्रालिसँग मिलेर गरेको प्रयास जिएसएमएको ‘बेस्ट मोबाइल इनोभेसन फर इमर्जिङ्ग मार्केट्स’ अवार्डका लागि मनोनित भएको छ ।

यो प्रयास अन्र्तगत, एनसेलले घाम पावर नेपालसँगको सहकार्यमा ३ वटा सौर्य लघुग्रिडहरुको आर्थिक संभाव्यता सुनिश्चित गर्दै उत्पादित सौर्य उर्जामा समुदायको पहुँचलाई संयुक्तरुपमा प्रवर्धन गरिरहेको छ, जसलेउक्त समुदायहरुमा नयाँ आर्थिक तथा सामाजिक लाभका अवसरहरुको सिर्जना गर्न मद्दत पुर्याएको छ ।

यसैगरी¸एनसेलले आफ्नो व्यावसायिक सामाजिक दायित्व अन्तर्गत संचालन गरेको वाटर फर एग्रिकल्चर लाइभलिहुड परियोजना ‘आउटस्ट्यान्डिङ्ग मोबाइल कन्ट्रिब्युसन टु युएन एसडिजिज् इन एसिया’ अवार्डका लागि अन्तिम सूचीमा परेको छ । यस सामाजिक परियोजनामा एनसेलले स्याङ्जा जिल्लाका ३ गाउँहरु इलादी, दिप्का र ठुलादीमा स्वच्छ प्रविधिमार्फत खानेपानी तथा सिंचाइको सुविधामा पहुँच पु-याई कृषि उत्पादकत्व बढाउन तथा व्यावसायीक खेती मार्फत आय आर्जन गर्न, सरसफाई तथा पोषणमा सुधार ल्याउन योगदान पुर्याएको छ ।

salt training

कमेन्ट गर्नुहोस्