
यौन मानिसको अत्याधिक चासोको विषय हो । सामान्य अवस्थामा स्वस्थ्य रहेका व्यक्तिमा यौनिकता रहेन भने उसको यौन स्वास्थ्यमा समस्या छ भन्ने बुझ्न जरुरी छ । 
यौन क्षमता बढाउनका लागि पछिल्ला समयमा विभिन्न औषधिहरुको समेत प्रयोग हुने गरेको छ तर जैविक रुपमा वा खानपानको हेरचाह गरेर पनि यौन क्षमतालाई बढाउन सकिन्छ । त्यसका लागि कामवासना महत्वपूर्ण विषय हो । कामवासना बढाउनका लागि भिटामिन ए बी सी पोटासियम भएका पदार्थको सेवन गर्नु आवश्यक छ जसले शरीरमा सेक्स हर्मोनको उत्पादन बढाउन मद्दत गर्छ ।
त्यस्तै वाइनको सेवनले पनि महिला र पुरुषमा यौन वासना तथा क्षमतामा समेत वृद्धि हुन्छ । लसुनको नियमित सेवनले कामवासनामा वृद्धि गर्छ । लसुनमा पाइने एलिसिन नामक तत्वले यसमा भूमिका निर्वाह गर्छ ।
तुलसीको पातको रस नियमित खाने गर्नाले मानिको यौनक्षमतामा वृद्धि हुन्छ ।
कुरिलो निकै पौष्टिक तरकारी त हो नै यसले मानिसमा यौन क्षमता बढाउन पनि ठूलो सहयोग गर्छ । यसमा विभिन्न खाले भिटामिनका साथै पोटासियम लगायतका तत्व पनि पाइन्छ । यसरी सरीरमा रक्तसंचार सन्तुलित गराउँछ ।
चकलेटको खानाले पनि मानिसमा यौन क्षमतामा वृद्धि गर्न सहयोग पूराउँछ । चकलेटमा फेनिलेथाइलामाइन तथा सेरोटोनिन नामक तत्व पाइन्छ । यसले सरीरमा उर्जा बढाउनुका साथै चरम आनन्द प्राप्तिमा पनि सहयोगी हुन्छ ।