०२ साउन २०८३, शनिबार

अफगानिस्तान सीमामा सैन्य संघर्षका लागि तयार रहन चीनका राष्ट्रपतिको चेतावनी

साउन १७, २०७८
अफगानिस्तान सीमामा सैन्य संघर्षका लागि तयार रहन चीनका राष्ट्रपतिको चेतावनी

चीनका राष्ट्रपति सी चिनपिङले देशको सैन्य नेतृत्वलाई अफगानिस्तान सीमामा सशस्त्र द्वन्द्व हुन सक्ने भएकाले संघर्षका लागि तयार रहन सचेत गराएका छन् । 

उनले चीन सैन्य संघर्षका लागि तयार रहनुपर्ने भनी शुक्रवार बताएका हुन् । सेप्टेम्बर महिनामा अमेरिका अफगानिस्तानबाट पूरै हट्ने भएपछि चीन सतर्क बनेको छ । 

जनमुक्ति सेना गठन गरिएको ९४औं वर्षगाँठ आउन लागेको बेलामा सीले देशको सैन्य शक्ति बढाउन आह्वान गरेका हुन् । बेइजिङमा अधिकारीहरूले अमेरिकाको घरफिर्तीसँगै तालिबानको पुनरुदय भएको र क्षेत्रीय अस्थिरता बढिरहेको भन्दै चिन्ता व्यक्त गरिरहेका छन् । 

अमेरिका फिर्ता भएसँगै उइगुर पृथक्तावादीहरूले आतंककारी कारवाहीका लागि अड्डा पाउने अनि सिन्च्याङमा चिनियाँ कम्युनिस्ट पार्टीविरुद्ध आक्रमण गर्न सक्ने सी र परराष्ट्रमन्त्री वाङ यीले बताएका छन् । 

‘आधुनिक समाजवादी मुलुक बनाउने तथा दोस्रो शताब्दी लक्ष्य प्राप्त गर्ने बाटोमा जान राष्ट्रिय प्रतिरक्षा तथा सेनालाई महत्त्वपूर्ण स्थानमा राख्नुपर्छ । राष्ट्रिय रक्षालाई एकीकृत गर्ने र बलियो सेना बनाउने कामलाई गति दिनुपर्छ,’ सीले बताए । 

‘हामीले युद्धको योजनालाई बलियो बनाउन र सैन्य संघर्षका लागि तयारी गर्नमा जोड दिनुपर्छ,’ उनले थपे ।

salt training

कमेन्ट गर्नुहोस्