०४ साउन २०८३, सोमबार

मन्त्री छान्न माओवादी केन्द्रको बैठक बोलाइयो

मन्त्री छान्न माओवादी केन्द्रको बैठक बोलाइयो

नेकपा माओवादी केन्द्रले मन्त्री छान्ने प्रयोजनका लागि पार्टी स्थायी समिति बैठक बोलाएको छ । गठबन्धनभित्रको प्राविधिक समस्याका कारण शेरबहादुर देउवा नेतृत्वको सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नसकिरहेको बेला अब भने विस्तारको तयारी भएको हो । 
सोहीअनुरुप माओवादी केन्द्रको स्थायी कमिटी सोमबार बस्न लागेको हो । दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको बैठक मन्त्री छनोटमै केन्द्रीत हुने एक नेताले जानकारी दिए । 

आइतबारको बैठकमा अध्यक्ष प्रचण्डले माधव नेपाल समूह सरकारमा सहभागी नहुने ब्रिफिङ गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्