१० असार २०८३, बुधबार

प्याज खानुका फाइदा यी हुन्

कात्तिक २०, २०७४
प्याज खानुका फाइदा यी हुन्

गर्मीमा तातो हावा लू चल्छ । लू लाग्यो भने पक्का बिरामी भइन्छ । यस्तोमा काँचो प्याज लाभदायक हुन्छ । काँचो प्याजको रस तलुवा र हत्केलामा मालिश गर्नुस् । शरीरमा दल्नुभयो भने पनि चिसो महसूस गर्न सक्नुहुन्छ । यो रस पिउँदा पनि लू लाग्दैन ।


गर्मीमा डिहाइड्रेसनबाट बच्नका लागि दहीमा काँचो प्याज हालेर खानुभयो भने आराम पाउनुहुन्छ ।

खाना नपच्ने समस्या छ भने दिनदिनै प्याज खान थाल्नुस् । यसले शरीरमा पाचक रस बढाउँछ र खाना पचाउन मद्दत गर्छ ।

हाडजोर्नीमा समस्या छ भने प्याजको रसमा सर्स्युँको तेल मिसाएर एक महिनासम्म मालिश गर्दा पीडा जान्छ ।

भुटेको प्याज खाँदा पनि धेरै समस्या समाधान हुन्छ ।

पत्थरीको समस्या छ भने बिहान खाली पेट दुई चम्चा काँचो प्याजको रस पिउँदा समस्याबाट छुटकारा पाइन्छ ।

प्याजको रसमा चिनी हालेर शर्बतका रूपमा पिउँदा पनि पत्थरीको समस्या हराउँछ ।

रजस्वलाका बेलामा असह्य पीडा हुँदा प्याजको रसमा मह मिसाएर पिउँदा आराम पाइन्छ ।

कान दुखेको छ भने प्याजको रस कानमा हाल्ने गर्नुस् ।

रुघाखोकी लागेको बेलामा प्याज खाँदा आराम पुग्छ किनकि प्याजको काम नै गर्मी गराउने हो । प्याजको रसमा मिश्री हालेर चाट्दा कफको समस्या पनि हराउँछ ।

टाउको दुखेको छ भने प्याजको सेतो कन्द भाँचेर सुँघ्नुभयो भने आराम पाउनुहुन्छ ।

प्याजको रसमा नून मिसाएर दाँतमा दल्दा दाँतको पीडा शान्त हुन्छ र कीरा पनि मर्छ । अनि गिजा पनि बलियो हुन्छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्