
नेपाली बजारमा सोमवार सुनको मूल्यमा गिरावट आएको छ ।
अघिल्लो दिन प्रति तोला ९२ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भएको छापावाल सुन यस दिन प्रति तोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन तेजाबी सुन भने ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार यस दिन चाँदी प्रति तोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।