भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँले आर्थिक वर्ष २०७७/७८ मा जिल्लाका बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकामा पशुमा लाग्ने ५ वटा प्रमुख रोगविरुद्ध पूर्ण रूपमा खोप लगाएको छ ।
कुखुरामा रानीखेत, गँबारो, बंगुरमा हैजा, गाईभँंसीमा खोरेत, चर्चरे, भ्यागुतेलगायतका रोगका लागि १ लाख ४० हजार ९१ भ्याक्सिन लगाइएको सो कार्यालयले जनाएको छ ।
जिल्लामा सरकारी तर्फबाट साढे २ लाख र निजीबाट व्यावसायिक किसानले ४ लाखको हाराहारीमा खोप लगाएका छन् ।
२ पालिकालाई खोप कार्यक्रम निरन्तर दिँदै यस वर्षदेखि पृथ्वी राजमार्ग हाइवेक्षेत्रमा रहेका म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिका क्षेत्र थप गरी खोप लगाउने योजना रहेको छ । पशुमा देखिने रोग न्यूनीकरण नहुँदासम्म खोप कार्यलाई निरन्तरता दिइने छ ।
उनले भने, ‘खोप दिएका पालिकालाई निरन्तरता दिँदै पछि सिङ्गो जिल्लालाई नै समेटेर पूर्ण खोप घोषण गर्ने लक्ष्य रहेको छ ।’
पशुमा लाग्ने महामारीजन्य रोग नियन्त्रणको लागि खोप नै उत्तम विधि भएकोले भाइरसबाट सर्ने रोगलाई खोपबाहेक अरु विकल्प नरहेको डा. श्रेष्ठले बताए ।