
भारत र अमेरिका मिलेर संसारका लागि सभ्य रोलमोडल बन्दै चिनियाँ कम्युनिस्ट पार्टीको विस्तारवादी रणनीतिलाई अन्त्य गर्न सक्ने तिब्बत हाउसका निर्देशक गेशे दोर्जी दामदुलले बताएका छन् ।
भारतीय अन्लाइन पत्रिका द प्रिन्टसँग कुरा गर्दै दोर्जीले उक्त कुरा बताएका हुन् । अघिल्लो साता अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले भारत भ्रमणका क्रममा नागरिक समाजसँग गरेको गोलमेच छलफलमा दोर्जी पनि सहभागी थिए ।
उनले भने, ‘भारत सबभन्दा विशाल लोकतन्त्र हो भने अमेरिका संसारको सबभन्दा पुरानो लोकतन्त्र हो । यी दुवैले मिलेर संसारका लागि सभ्य रोलमोडल बन्दै चिनियाँ कम्युनिस्ट पार्टीको विस्तारवादको अन्त्य गर्न सक्छन् । त्यो पार्टी संसारको शान्ति र लोकतन्त्रका लागि सबभन्दा ठूलो जोखिम हो ।’
गोलमेच बैठकमा ब्लिन्केनले समावेशिताको कुरा गरेको र दलाई लामाले सिकाएको कुरा पनि झिकेको बताए ।
दोर्जी र न्गोदुप दोङचुङलाई ब्लिन्ेकनले भेटघाट गर्दा बेइजिङ रिसाएको छ ।