१२ साउन २०८३, मंगलबार

एमालेको स्थायी कमिटी बैठकमा टोपबहादुर रायमाझी पनि सहभागी

एमालेको स्थायी कमिटी बैठकमा टोपबहादुर रायमाझी पनि सहभागी

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा जारी नेकपा एमालेको स्थायी कमिटी बैठकमा टोपबहादुर रायमाझी पनि सहभागी भएका छन् । 

यसअघिका बैठकमा सहभागी नभएका रायमाझी आज भने सहभागी भएका हुन् । 

पूर्वमाओवादी नेता रायमाझीले आफू माओवादीमै रहेको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । 

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न लगातार तीन दिनदेखि बैठक बसिरहेको छ । 

शनिवार र आइतवार दुई दिनसम्म बैठक बसेपनि ठोस निर्णय केही भएको थिएन ।

बैठकमा माधव नेपाल पक्षका नेताहरू सहभागी छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्