१० असार २०८३, बुधबार

कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरूले गरे विदुर नगरपालिकाको कार्यालयमा तोडफोड

साउन १८, २०७८
कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरूले गरे विदुर नगरपालिकाको कार्यालयमा तोडफोड

नुवाकोटको विदुर नगपालिकामार्फत सञ्चालित ‘सुन्तला जात फलफूल पकेट विकास कार्यक्रम’मा अनियमितता भएको भन्दै वडाध्यक्षहरूबाटै नगरपालिकामा तोडफोड गरिएको छ ।

नेकपा एमालेबाट निर्वाचन नगरप्रमुख सञ्जु पण्डितको सिफारिसमा वडा नम्बर १३ मा सञ्चालित ‘पकेट विकास कार्यक्रम’मा तोकिएअनुसार सुन्तला र कागतीको बिरुवा वितरण नभएको पाइए पनि बजेट भुक्तानी गरेको विरोधमा नेपाली कांग्रेस समर्थित ६ जना वडाध्यक्षहरूको नेतृत्वमा नगरपालिकामा तोडफोड गरिएको हो ।
    
ढुंगा प्रहारबाट नगरपालिकाको झ्यालका सिसाहरू, विद्युतीय सूचना बोर्डलगायत बाहिरी संरचनासमेत गरेर १ लाख बराबरको क्षति पुगेको नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

नगरपालिका तोडफोडका क्रममा भएको झडपमा २ जना प्रहरीसहित ४ जना घाइते भएका छन् । पकेट विकास कार्यक्रमका लागि विना प्रतिस्पर्धा नेकपा एमालेबाट १३ नम्बरका वडाध्यक्षमा पारजित नानीकाजी खड्का अध्यक्ष रहेको ‘कल्याणपुर कृषि सुधार बहुउद्देश्य सहकारी’ मार्फत काम गरेको, फर्जी कागज बनाएर १३ लाख बजेटबाट पहिलो चरणमा साउन १४ गते ६ लाख ९८ हजार भुक्तानी दिएकाले विरोध गर्नु परेको वडाध्यल दलबहादुर तामाङले बताए ।

पकेट कार्यक्रममा अनियमितता भएको उजुरी दिँदा समेत बजेट भुक्तानी भएपछि त्यसको जानकारी माग गर्न आउँदा प्रहरीबाट धरपकड भएकाले झडपको अवस्था आउनु दुःखद अवस्था सिर्जना भएको उनको भनाइ छ ।

सुन्तला जात फलफूल पकेट विकास कार्यक्रमको लागि १३ लाख रुपैयाँको कार्यक्रममा तोकिएको संख्याभन्दा निकै कम बिरुवा वितरण भएकाले रकम भुक्तानी नहुने बताए पनि भएको कामका आधारमा एवम् स्थलगत मूल्यांकनमार्फत भुक्तानी दिइएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्