१६ असार २०८३, मंगलबार

कन्सुलरहरुका नवनियुक्त डीनद्वारा पदभार ग्रहण

कन्सुलरहरुका नवनियुक्त डीनद्वारा पदभार ग्रहण

नेपालस्थित कन्सुलरहरुको छाता संगठन अनररी कन्सुलर कप्र्स–नेपाल (एचसीसी–एन)का नवनियुक्त तथा पोल्याण्डका अनररी कन्सुलर जनरल लोकमान्य गोल्छाले सोमबार एक समारोहका बीच पदभार ग्रहण गरेका छन् ।
सोमबार एक विशेष समारोहमा निवर्तमान डिन तथा मोरक्कोका अबैतनिक महावाणिज्य दूत बसन्त चौधरीले नवनियुक्त डिन लोकमान्य गोल्छालाई पदभार हस्तान्तरण गरे ।
एचसीसीएन नेपालमा विभिन्न देशका अवैतनिक महावाणिज्यदूत तथा वाणिज्य दूतहरुको संख्या ५३ रहेको छ ।

कोभिड १९ महामारीको पहिलो र दोश्रो लहरको भयावह अवस्थामा आ–आफूले प्रतिनिधित्व गर्ने देशहरुमार्फत कन्सूलरहरुले स्वास्थ्य सामाग्रीहरु नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए ।
महामारीका बीच लकडाउनका कारण विभिन्न देशका नागरिकहरु आफ्नो देश नफर्किन सकेको बेला एचसीसीएनका सदस्यहरुले अहोरात्र खटी ती टुरिष्टहरुलाई उनीहरुको मुलुक फिर्ता पठाउने कार्य गरेका थिए ।
नेपालस्थित मोरक्को अधिराज्यका लागि महावाणिज्यदूत बसन्त चौधरीको एक वर्षे कार्यकालको समाप्तिसँगै आगामी एक वर्षका लागि एचसीसी–एनको डिनमा लोकमान्य गोल्छा चयन भएका हुन् । उनी गोल्छा अर्गनाइजेसनका अध्यक्ष समेत हुन् ।

सन् २००७ मा कन्सूलरहरुबीच मित्रवत व्यवहार स्थापना, आपसी समझदारी तथा हित र सदस्यहरुबीच सूचना आदानप्रदान लगायतका उद्देश्य राखी एचसीसी–एन गठन भएको थियो । एचसीसी–एनको पहिलो डीनको रुपमा स्वीडेनका लागि कन्सूल जनरल गजेन्द्रबहादुर श्रेष्ठ चयन भएका थिए । नियुक्तिको हिसाबले वरिष्ठताका आधारमा कन्सूलरहरुले एचसीसी–एनमा डिनको रुपमा काम गर्ने अवसर पाउने गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्