२७ जेठ २०८३, बुधबार

यी हुन् २०१६ मा सर्वाधिक कमाइ गर्ने बलिउड फिल्म

कात्तिक २०, २०७४
यी हुन् २०१६ मा सर्वाधिक कमाइ गर्ने बलिउड फिल्म
काठमाडौं, १४ पुस — सन् २०१६ मा भारतीय फिल्मको व्यापार सुस्त नै रह्यो । फितूर, फ्यान, मोहनजो दारो, बार बार देखो र रक अन २ जस्ता ठूला बजेटका फिल्म फ्लप भए । तर केही फिल्मले भने मजाले बजार तताए । यहाँ तीमध्येका पाँच फिल्मको चर्चा गरिनेछ ।


१ सुल्तान

सलमान खानको यो फिल्मले भारतीय बजारमा नै तीन अरबभन्दा बढी कमायो । यसले सलमानलाई बक्स अफिसको राजा बनायो ।

२ दंगल
अघिल्लो शुक्रवार रिलिज भएको दंगलले अहिलेसम्म डेढ अरब भन्दा बढीको कमाइ गरिसकेको छ । भारतीय कुश्तीबाज महावीर फोगटको जीवनीमा आधारित फिल्मले सुल्तानको रेकर्ड तोड्ने लक्षण देखिँदैछ ।

३ एमएस धोनी : दी अन्टोल्ड स्टोरी
भारतीय क्रिकेट टोलीका कप्तान महेन्द्र सिंह धोनीको जीवनीमा आधारित यो फिल्मले एक अरब ३३ करोड रुपैयाँ कमायो । फिल्मका नायक सुशान्त सिंह राजपुतलाई यस फिल्मले ठूलै स्टार बनाइदियो ।

४ एयरलिफ्ट
सन् १९९० मा कुवेतमा भएको सत्य घटनामा आधारित फिल्मले एक अरब २९ करोड कमायो । अक्षय कुमारलाई समीक्षक र आमदर्शक दुवैले मन पराए ।

५ रुस्तम
टिनु सुरेश देसाईले निर्देशन गरेको अनि अक्षय कुमारले खेलेको यो फिल्मले एक अरब २७ करोड रुपैयाँ कमायो । सन् १९५९ मा भएको नानावटी केसमा आधारित फिल्मलाई समीक्षकले मन नपराएपनि बक्स अफिस हिट भयो ।

द टाइम्स अफ इन्डिया


salt training

कमेन्ट गर्नुहोस्