३० असार २०८३, मंगलबार

धर्मान्तरणविरुद्ध बोलेपछि बलात्कार र ज्यान मार्ने धम्की आयो- खुस्बु ओली

जेठ २७, २०८३
काठमाडौं
धर्मान्तरणविरुद्ध बोलेपछि बलात्कार र ज्यान मार्ने धम्की आयो- खुस्बु ओली

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुस्बु ओलीले धर्मान्तरणविरुद्ध आवाज उठाएपछि आफूलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने, बलात्कार गर्ने र भौतिक आक्रमण गर्ने धम्की आएको बताएकी छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले आफूविरुद्ध निरन्तर धम्कीपूर्ण गतिविधि भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

‘ज्यान मार्ने धम्की, बलात्कार गर्ने धम्की, भौतिक आक्रमण गर्ने धम्की सामाजिक सञ्जालबाट तेस्राइराखिएको छ,’ उनले भनिन्।

सांसद ओलीले धर्मका विषयमा आफ्नो धारणा राखेकै कारण धम्की सामना गर्नुपरेको दाबी गर्दै यसलाई व्यक्तिगत विषयका रूपमा मात्र नहेर्न आग्रह गरिन्।

‘के गणतन्त्रले ल्याएको धर्मनिरपेक्षताको फल यही हो ? यो धम्की व्यक्तिगत रूपमा म सहन सक्छु, तर यो मलाई होइन, सिंगो सनातन धर्ममाथिको प्रहार हो,’ उनले भनिन्।

उनले नेपालमा लामो समयदेखि सद्भावपूर्वक बसोबास गर्दै आएका इसाई समुदायप्रति आफ्नो कुनै आपत्ति नरहेको स्पष्ट पारिन् । स्वेच्छाले धर्म परिवर्तन गर्नु व्यक्तिको अधिकारको विषय भए पनि प्रलोभन, भ्रम र झुटा आश्वासन दिएर गराइने धर्मान्तरणको विरोध गरेको उनको भनाइ थियो ।

‘दशकौंदेखि नेपालमा सद्भावसहित बस्दै आएका इसाईहरू धर्म परिवर्तन गराउँदै कहिल्यै हिँड्दैनन् । कसैले स्वेच्छाले गर्छ भने त्यो उसको अधिकारको कुरा हो,’ उनले भनिन्, ‘तर विदेशी मिसनरीहरूबाट पाठ पढाएर पठाइएका नक्कली इसाईहरूले आँखा नदेख्नेले आँखा देख्छ, एचआईभीजस्ता रोगका किटाणु मर्छन्, ह्विलचेयरमा आएका हिँड्दै जान्छन्, घर बनाइदिन्छौं, गरिबी हटाइदिन्छौं भनेर ढाँटेर गराउने धर्मान्तरणको विरुद्ध मैले आवाज उठाएकी थिएँ । कुनै धर्मको विरुद्ध होइन ।’

salt training

कमेन्ट गर्नुहोस्