०६ असार २०८३, शनिबार

रवीन्द्र मिश्रलाई काउन्टर दिन विवेकशील साझामा अर्को राजनीतिक प्रस्ताव [पूर्णपाठ]

रवीन्द्र मिश्रलाई काउन्टर दिन विवेकशील साझामा अर्को राजनीतिक प्रस्ताव [पूर्णपाठ]

गणतन्त्रको सुदृढीकरण, धर्मनिरपेक्षताको रक्षा र संघीयतामा सुधार गर्नुपर्ने भन्दै विवेकशील साझा पार्टीमा अर्को राजनीतिक प्रस्ताव आएको छ । 

पार्टी अध्यक्ष रवीन्द्र मिश्रले संघीयताको खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव राखेपछि पार्टी संयोजक मिलन पाण्डेलगायतले अर्को प्रस्ताव पेश गरेका हुन् । 

‘वैकल्पिक राजनीतिको मूल बाटो’ शीर्षकमा पाण्डेसहित रञ्जु दर्शना, डा. राजेन्द्र पंगेनी र केशव दाहालले नयाँ प्रस्ताव बहसमा ल्याएका हुन् । 

तीनवटै तहका सरकारमा प्रत्यक्ष निर्वाचित कार्यकारी र उत्कृष्टताको आधारमा गैर संसद सदस्य रहेको मन्त्रीमण्डलको शासकीय व्यवस्था राजनीतिक प्रस्ताव गरिएको छ । उनीहरूको प्रस्तावमा निर्वाचन प्रणालीमा व्यापक सुधारको आवश्यकता औँल्याइएको छ । 

अध्यक्ष मिश्र र संयोजक पाण्डेसहितले सार्वजनिक गरेको प्रस्तावमाथि पार्टीमा छलफल हुने साझा पार्टीका एक सदस्यले जानकारी दिए । संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने भन्दै साउन ११ गते रवीन्द्र मिश्रले अगाडि सारेको प्रस्तावले विवेकशील साझा पार्टीेमा हलचल ल्याइदिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्