
सरकारले नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
मंगलवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
भट्टराईलाई ओली सरकारले नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेको थियो ।
भट्टराई सामाजिक सञ्जालमा अशिष्ट रूपमा प्रस्तुत हुने गरेको भन्दै आलोचना हुने गरेको थियो । सार्वजनिक रूपमा भट्टराईको आलोचना हुँदै आएको थियो ।
जनकपुर–जयनगर–कुर्था रेल सञ्चालनको लागि नेपाल रेल्वे कम्पनीलाई पुनः ब्यूताएर ओली सरकारले भट्टराईलाई नियुक्त गरेको थियो । भट्टराईले कम्पनीमा १८० जना कर्मचारी करारमा नियुक्त गरेका छन् ।
जनकपुर–जयनगर–कुर्था रेल सञ्चालनको लागि सरकारले २ वटा रेल खरिद गरिसकेको भए पनि हालसम्म सञ्चालनमा आउन सकेको छैन ।