०४ साउन २०८३, सोमबार

संन्यासपछि पारस खड्काको घोषणा- व्यवस्थापनमा रहेर नेपाली क्रिकेटको विकासमा लाग्ने छु

संन्यासपछि पारस खड्काको घोषणा- व्यवस्थापनमा रहेर नेपाली क्रिकेटको विकासमा लाग्ने छु

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान)मा आउने इच्छा व्यक्त गरेका छन् । 

संन्यास लिइसकेपछि बुधवार पत्रकार सम्मेलनमा उनले आफू क्यानमा रहेर क्रिकेट खेल विकासमा लाग्ने बताएका हुन् । ‘क्यानमा कुनै न कुनै भूमिकामा आउन सकिन्छ,’ उनले भने, ‘पदाधिकारी हुँला, कोषाध्यक्ष, अध्यक्ष हुँला । तर, सरोकारवालाहरूले पनि उत्तिकै जिम्मेवारी लिनुपर्छ । व्यवस्थापनमा रहेर रणनीति राम्रो बनाउन सकियो भने नेपाली टिमलाई उत्कृष्ट बनाउन सकिन्छ ।’

उनले राजनीतिले हरेक क्षेत्रलाई छोएको बताए । ‘राजनीति पनि राम्रो र नराम्रो हुन्छ, हामीले राम्रोलाई सहयोग गर्नुपर्छ,’ उनले भने, ‘क्रिकेटमा टीमले जित्नुपर्छ, टीम स्प्रिट कायम रहिरहनुपर्छ, खेलाडी जो आए पनि फरक पर्दैन ।’ 

salt training

कमेन्ट गर्नुहोस्