०९ असार २०८३, मंगलबार

काठमाडौंमा १ हजार ७५ जनामा कोरोना पुष्टि

साउन २१, २०७८
काठमाडौंमा १ हजार ७५ जनामा कोरोना पुष्टि
प्रतिकात्मक तस्वीर

राजधानी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ७५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७६६, भक्तपुर १४६ र ललितपुरमा १६३ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहीवार देशभर एकैदिन ३ हजार ९३८ जनामा संक्रमण देखिएको छ । 

पछिल्लो २४ घण्टामा १८ हजार ४०८ जनामा परीक्षण गर्दा ३ हजार ९३८ जनामा संक्रमण देखिएको हो । बुधवार ४ हजार १०७ जनामा संक्रमण देखिएको थियो ।

संक्रमणबाट निको हुनेको संख्या विगत २४ घण्टामा २ हजार १२ रहेको छ । अहिलेसम्म संक्रमणबाट निको हुने ६ लाख ६३ हजार ६६३ पुगेका छन् । नेपालमा निको हुने दर ९३.७ प्रतिशत रहेको छ । 

विगत २४ घण्टामा ३७ जनाको संक्रमणका कारण निधन भएको छ । अहिलेसम्म ९ हजार ९९४ जना निको भएको बताइएको छ । सक्रिय संक्रमित ३४ हजार ४२२ जना रहेका छन् भने ३१ हजार १०८ जना होम आइसोलेसन, ३ हजार ३१४ जना संस्थागत आइसोलेसन र ३७५ जना क्वारेन्टीनमा रहेका छन् । 

मन्त्रालयका अनुसार ७१३ जना सघन उपचार कक्ष र १५८ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । विगत २४ घण्टामा १ लाख १७ हजार ७७९ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । 

पहिलो मात्रा खोप ४३ लाख ५९ हजार २७७ जनाले र पूर्ण मात्रा खोप २१ लाख ३० हजार ९०० जनाले लगाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्