११ असार २०८३, बिहीबार

ससेजमा प्राणघातक सोडियम नाइट्रेट भेटियो

कात्तिक २०, २०७४
ससेजमा प्राणघातक सोडियम नाइट्रेट भेटियो
काठमाडौं , २९ जेठ – काठमाडौं उपत्यकामा प्राणघातक विषादी मिसाइएको मासु र मासुबाट बनाइएका परिकार बिक्री वितरण भइरहेको पाइएको छ । नांगो हातले समेत छुन नमिल्ने सोडियम नाइट्रेट नामक विषादी मासुमा मिसाइएको भेटिएको हो, राजधानीमा खबर छ ।sausage

आपूर्ति मन्त्रालयमातहतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको विशेष अनुगमनका क्रममा यो तथ्य बाहिर आएको हो ।

मासु र मासुजन्य परिकारमा यस्तो प्राणघातक विषादी मिसाइएको तथ्य बाहिर आएपछि चिकित्सकहरुले उपभोक्ताको स्वास्थ्यमा पर्ने अवस्थाप्रति गम्भीर चिन्ता र चासो व्यक्त गरेका छन् ।

अनुगमन टोलीमा रहेका चिकित्सक डा. आभास पौडेलका अनुसार, मासुमा सोडियम नाइट्रेट मिसाउनु भनेको उपभोक्ताको स्वास्थ्यमाथिको हदैसम्मको लापर्बाही हो । यसलाई कुनै पनि हालतमा सामान्य मान्न सकिन्न ।

अनुगमनका क्रममा बाँनियाटारको सगरमाथा मिट प्रोडक्सनले सोडियम नाइट्रेट नामक विषादी मिसाएको पाइएको हो । त्यहाँ भेटिएको सो रसायनको बट्टामा नै भयंकर प्राणघातक भनेर लेखिएको छ । त्यसमा नाङ्गो हातले छुनु पनि भयंकर घातक भनेर उल्लेख गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्