१५ असार २०८३, सोमबार

सांसद विमला वलीलाई अपहरण गरेको आरोपको प्रदेश सरकारले गर्‍यो खण्डन

सांसद विमला वलीलाई अपहरण गरेको आरोपको प्रदेश सरकारले गर्‍यो खण्डन
फाइल फोटो

आफूलाई मुख्यमन्त्री कार्यालयमै बन्धक बनाएको भन्ने सांसद विमला वलीको आरोपको लुम्बिनी प्रदेश सरकारले खण्डन गरेको छ ।

वली आफ्नो स्वेच्छाले मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बसेको र त्यहाँबाट निस्किएपछि अपहरण गरी बन्दी बनाएको भन्नुले आश्चर्य लागेको प्रदेश सरकारको प्रतिक्रिया छ ।

वली कसैले करकापमा पारेर नभई स्वेच्छाले नै साउन १५ देखि १९ गतेसम्म मुख्यमन्त्री पोखरेलको निवासमा सरकार प्रवक्ता वैजनाथ चौधरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पठाएको स्पष्टीकरण पत्र बुझाउन साउन १५ गते बिहान दाङ तुल्सीपुरस्थित वलीको घरमा लुम्बिनी प्रदेश सभाका (नेकपा एमालेका) प्रमुख सचेतक भूमिश्वर ढकाल पुगेका हुन् । स्पष्टीकरण पत्र माननीय विमला वलीले बुझेपछि उनको परिवारको बीचमा छलफल भयो । पारिवारिक सल्लाहअनुसार वलीले मुख्यमन्त्रीलाई भेटेर कुरा गर्ने इच्छाअनुसार बुटवल आएकी हुन्,’ विज्ञप्तिमा भनिएको छ । 

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘ढकालको गाडीमा आफ्नो दिदीलगायत आफन्तसहित उहाँ मुख्यमन्त्री निवास बुटवलमा पुग्नुभएको हो । मुख्यमन्त्रीसँग छलफल भएपछि आफ्नो दिदीसहित मुख्यमन्त्री निवासमा बस्नुभएको हो ।’ 

चार दिन मुख्यमन्त्री निवासमा बस्दा विभिन्न प्रदेशसभा सदस्यहरू र आफन्तहरूसँग दैनिकजसो भेटघाट र कुराकानी गरेका, साथै फोनमा धेरै जनासँग कुरा भएको स्वयं विमला वलीको भनाइबाट पुष्टि चौधरीले उल्लेख गरेका छन् ।

नेकपाबाट निर्वाचित सांसद वलीलाई आफूलाई दाङबाट अपहरणको शैलीमा मुख्यमन्त्री निवासमा बन्धक बनाएको बताएकी थिइन् । 

salt training

कमेन्ट गर्नुहोस्