२३ जेठ २०८३, शनिबार

पाकिस्तानमा भएको गणेश मन्दिर तोडफोडप्रति सनातन धर्म महासंघको आपत्ति

पाकिस्तानमा भएको गणेश मन्दिर तोडफोडप्रति सनातन धर्म महासंघको आपत्ति

पाकिस्तानको पन्जाब प्रान्तस्थित भोङ बजारमा रहेको गणेश मन्दिरमा बिहीवार भएको तोडफोडप्रति सनातन धर्म महासंघ नेपालले घोर भर्त्सना गरेको छ ।

कुनै पनि धर्मावलम्बीले शान्तिपूर्ण तरिकाले आफ्नो धर्म संस्कृतिको अवलम्बन गर्न पाउने अन्तरराष्ट्रिय मान्यताको सम्मान गर्न पाकिस्तान सरकारलाई महासंघ सचेत गराउँछ ।

गणेश मन्दिरमा भएको उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारवाही गर्न महासंघ जोडदार माग गर्दछ । साथै, पाकिस्तानमा भइरहेको जबरजस्ती धार्मिक आस्था परिवर्तन विरुद्ध कानुन बनाई तत्काल लागु गर्न माग गर्दछ ।

पाकिस्तानमा पटक पटक अल्पसंख्यक समुदायमाथि आक्रमण भइरहेको हुँदा आउँदा दिनहरूमा यस किसिमका घटना दोहोरिन नदिन; अल्पसंख्यक  समुदायहरूलाई संरक्षण गर्न र आफ्नो धार्मिक आस्था प्रकट गर्न सकिने वातावरण बनाउन पाकिस्तान सरकारसंग सनातन धर्म महासंघ जोडदार माग गर्दछ ।  

salt training

कमेन्ट गर्नुहोस्