काठमाडौं, १४ मंसिर – महानगरिय अपराध महाशाखाले मृगौला बेचविखनमा संलग्न रहेका तीन जनालाई पक्राउ गरी विहीवार सार्वजनिक गरेको छ । भारतका विभिन्न ठाउँमा जागिर लगाइदिने बाहानामा भारत पु¥याइ मृगौला बेचिदिने तीन जना पक्राउ परेका हुन् ।
बेचविखनमा सक्रिय काभ्रे महादेवस्थानका विकास भन्ने विनुबहादुर तिमल्सिना, दोलखा भिमेश्वरका ४७ वर्षीय प्रकाश बस्नेत र कास्की दाङसिनका ३६ वर्षीय भिमप्रसाद न्यौपानेलाई प्रहरीले सार्वजनिक गरेको हो । उनीहरू काठमाडौं, भक्तपुर र कास्कीका विभिन्न ठाउँबाट पक्राउ परेका हुन् ।
पक्राउ परेका उनीहरुलाई महानगरीय अपराध महाशाखाले सार्वजनिक गरेको हो । प्रहरीका अनुसार अहिले सम्म उनीहरुले पाँच जना भन्दा बढीको मृगौला बेचविखन गरेको प्रहरी अनुसन्धानले खुलाएको छ ।