
अमेरिकी हमलापछि कमजोर भएको तालिवानले फेरि एकपटक अफगानिस्तानमा कव्जा जमाइरहेको छ ।
देश अहिले पनि युद्धको स्थितिमा छ र हालसालै कयौं हमला गरिएको छ । दक्षिणका केही महत्वपूर्ण शहर तालिवानको कव्जामा छ ।
बीबीसीका संवाददाता औलिया अतराफीलाई तालिनवान चरमपन्थीले आमन्त्रित गरेका छन् ।
संगीन नामक स्थानको एक घरमा दुई दर्जन बढी मानिस बसेका थिए । पूर्णिमाको रातमा उनको कालो पगडीको छाया उनलाई गर्मीमा झूमेको अनुहारलाई देखाइरहेको थियो ।
यी तालिवानका विशेष साथी रेड युनिटसँग जोसिडएका हुन् । उनीहरु एमफेर मेशीनगनलाई हल्लाएर चुपचाप बसेर आफ्ना कमाण्डर मुल्ला तकीलाई सुनिरहेका थिए जो युद्धका कहानी सुनाइरहेका थिए ।
मूसाको किल्ला तालिनवानको राजधानी हो । मूसाको किल्ला अफिमको धन्धाका लागि प्रसिद्ध छ । तर यो जिल्ला व्यापारको गढ पनि हो । पाकिस्तान तथा अफगानिस्तानको सीमावर्ती क्षेत्रबाट व्यपारी यहाँ आउँछन् ।
यो बजारमा तपाई बाइक देखि लिएर मवेशी तथा आइसक्रीमदेखि लिएर गैर पारम्परिक चीज जस्तै गोला बारुद पनि किन्न सक्नु हुन्छ ।
एके–४७ को गोली यहाँ २५ रुपैया प्रति गोली मिल्छ । रुस निर्मित मेशीनगनको गोली ४० रुपैया प्रति गोली पाइन्छ । तर त्यसको मूल्य घटाएर १५ रुपैयाँ बनाइएको छ ।