१० असार २०८३, बुधबार

अधुरै रह्यो कालोपत्रे सडक

साउन २३, २०७८
अधुरै रह्यो कालोपत्रे सडक
प्रतिकात्मक तस्वीर

बागलुङ बजारदेखि सिगाना–चापाखर्क हुँदै गुल्मीको शान्तिपुर जाने सडक झण्डै ५० किलोमिटर छ ।

एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रममा छनोटमा परेको सडक भए पनि ५ वर्षको अवधिमा बागलुङ बजारदेखि जम्मा ३ किलोमिटर सडक मात्रै पक्की छ । 

५ वर्षअघि बागलुङ बजारको देउराली चोकबाट अप्ठ्यारोमा ढलान र सजिलोमा कालोपत्रे गरेको सडक ३ किलोमिटर नपुग्दै भत्किसकेको छ । वर्षमा ५/७ सय मिटर सडक मात्रै पक्की बन्ने अवस्थाले निरन्तरता पाइरहने हो भने सिगाना सडक पुग्न अझै १० वर्ष लाग्ने छ ।

गत आर्थिक वर्षमा स्थानीय पूर्वाधार साझेदारी योजनाअन्तर्गत सांसद विकास कोषको २५ लाख र बागलुङ नगरपालिकाको २५ लाखमा जम्मा २७० मिटर सडक कालोपत्रे गर्ने योजना थियो । त्यही सडकमा समेत विवाद उत्पन्न भए पछि अहिले सडक अधुरै बनेको छ । 

२७० मिटर सडक कालोपत्रे गर्ने विषयमा स्थानीय जग्गाधनी र बागलुङ नगरपालिकाबीच उत्पन्न विवाद जिल्ला अदालतसम्म पुगे पछि सडकको यता र उता कालोपत्रे गरिए पनि बीचको ४० मिटर सडक कालोपत्रे गर्न नसकिएको बागलुङ नगरपालिकाका इञ्जिनीयर मनोज शर्माले जानकारी दिए ।

‘सडक कालोपत्रे थोरै थियो, विवाद धेरै भयो, अदालतको आदेश अनुसार विवादित जग्गा छोडेर कालोपत्रे गरेका छौं, अहिले विस्तार गरेको सडक त्यो हैन, पुरानै सडकलाई नाली हालेर ग्राभेल गरेका थियौं,’ शर्माले भने, ‘अदालतको आदेश आए पछि त्यही स्थान छोडेर दायाँबायाँ कालोपत्रे गरेका छौं, निर्माण व्यवसायीलाई काम घटेका कारण रकम समेत घटाएर भुक्तानी दिएका छौं ।’

शर्माका अनुसार उक्त सडकमा ठाडाखोला–बोक्से सडक उपभोक्ता समितिमार्फत ३० लाखमा त्यसअघि थप सडक स्तरोन्नति र पक्की नाली बनाइएको छ । २७ लाखको आयोजनामा ५० प्रतिशत मात्रै प्रगति भएकाले सोहीअनुसार भुक्तानी दिइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्