०४ असार २०८३, बिहीबार

काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रको कारखानामा भीषण आगलागी

काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रको कारखानामा भीषण आगलागी

राजधानीको बालाजुमा रहेको औद्योगिक क्षेत्रभित्र रहेको एक कारखानामा भीषण आगलागी भएको छ । प्रहरीका अनुसार औद्योगिक क्षेत्रभित्र रहेको नेबिको बिस्कुट कारखानामा आगलागी भएको हो ।
राति करिब ३ बजेतिरबाट सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन नसकेको काठमाडौं प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दमकलसहित सुरक्षा टोलीले आगलागी नियन्त्रणमा लिने प्रयास गरेपनि सफल भइनसकेको हो । हाल आगलागी नियन्त्रणका लागि एक दर्जन दमकल प्रयोग गरिएको बताइएको छ । आगलागी के कति कारणले भयो भन्नेबारे खुलिसकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्