११ असार २०८३, बिहीबार

नगरपालिकाको मेयरका लागि एउटै वडाबाट तीनजना उम्मेदवार

कात्तिक २०, २०७४
नगरपालिकाको मेयरका लागि एउटै वडाबाट तीनजना उम्मेदवार

खोटाङ, २९ जेठ– आगामी असार १४ गते हुन लागेको स्थानीय तह दोस्रो चरणको निर्वाचनमा खोटाङमा नगरपालिका प्रमुख पदमा एउटै वडाका तीनजना उम्मेदवार बनेका छन् । रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुख पदका लागि वडा नं ६ नेर्पाबाट तीन दलबाट तीनैजना प्रमुख पदका उम्मेदवार बनेका हुन् ।

नेकपा (एमाले)बाट दीपनारायण रिजाल, नेकपा (माओवादी केन्द्र)बाट दुर्गाजयन्ती राई र राप्रपाबाट निशान राई प्रमुख पदका लागि उम्मेदवार बनेका छन् । एउटै वडाबाट तीनजना प्रमुख पदका उम्मेदवार बनेपछि सबैको ध्यान वडा नं ६ मा परेको छ ।

यद्यपि, एउटै वडामा तीनजना उम्मेदवार देखिए पनि जिल्लामा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । जिल्लामा स्थानीय तहको निर्वाचनका लागि १२ दल निर्वाचन कार्यालयमा दर्ता भएका छन् ।

एमाले उम्मेदवार रिजाल विद्यार्थीबाट राजनीति सुरु गरी पछिल्लो समय गैरसरकारी संस्था चलाएर बसेका थिए। माओवादी केन्द्रबाट उम्मेदवार बनेकी राई २०६४ सालको संविधानसभाको निर्वाचनमा समानुपातिक कोटाबाट सभासद् बनिसकेकी छन् भने भने २०७० सालको संविधानसभाको चुनावमा जिल्लाको १ नं क्षेत्रबाट प्रत्यक्षतर्फका उम्मेदवार भई पराजित भएकी थिइन् ।

राप्रपाबाट उम्मेदवार बनेका राई राप्रपाका सक्रिय सदस्य तथा राष्ट्रिय पञ्चायतका उपाध्यक्ष पर्शुराम राईका छोरा हुन् । आ–आफ्नो पार्टीले टिकट दिएपछि तीनैजना उम्मेदवार आफ्नो पक्षमा बहुमत जुटाउन जनताको घरदैलोमा पुगिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्